Websoft University

हिमपातका कारण तेह्रथुमको जनजीवन प्रभावित


 तेह्रथुम पुस २० गते । रातो तारा डट कम,शुक्रबारदेखि परेको हिमपातका कारण तेह्रथुमको जनजीवन प्रभावित भएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ । डाँडाहरुपनि हिँउले सेताम्मे भएका छन् । हिउँ परेपछि चिसो बढ्दा बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित बनेका
छन् । घरपालुवा पशु चराउन लैजान समस्या भएको स्थानीयको भनाइ छ । तेह्रथुमसहित माथिल्लो क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो । यस क्षेत्रमा साताअघि मात्रै बाक्लो हिमपात भएको थियो । हिउ“ परेपछि पर्यटक भने बढेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.