Websoft University

विषादीरहित अर्गानिक तरकारी खेतिमा किसानको आकर्षण बढ्दै,


काठमाण्डौ पुस २० गते । रातो तारा डट कम, पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा नेपालमा तरकारी खेति र उत्पादनको दर बढेको छ । गतवर्ष २ लाख ८६ हजार ८ सय ६४ हेक्टर जग्गामा तरकारी खेति भएको र ३९ लाख ५८ हजार २ सय ३० मेट्रिक्टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्क देखाएकोछ । 

तथ्याङ्क मात्रै बढेको छैन, तरकारी खेति गर्ने किसानको आम्दानी पनि बढेको छ । जिल्लामा स्थानीय सरकारहरुले व्यावसायिक तरकारी खेती गर्ने किसानका लागि प्राविधिक र आर्थिक सहयोग गर्दै आएका छन् । पछिल्लो समय धेरै जिल्लामा विषादीरहित अर्गानिक तरकारी खेतीमा किसानको आकर्षण बढदै गएको पाइन्छ । गाउँ गाउँमा खुलेका संकलन केन्द्रका कारण तरकारी बेच्न बजार भौतारिनुपर्ने बाध्यताबाट किसानलाई छुटकारा मिलेको छ । 

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ छापका हिरामाया श्रेष्ठले बारीमा साग, लसुन, गोलभेंडा, धनियाँ लगायतका तरकारी लगाउनुभएको छ । उहाँ हरेक दिन बिहान तरकारी बोकेर गाउँमै खुलेको तरकारी संकलन केन्द्रमा आउनुहुन्छ । र फर्कंदा थैलीभरी पैसा लिएर फर्कनुहुन्छ । एक घर एक टनेल अभियान चलेपछि छापमा ८० प्रतिशत भन्दा बढि टनेल बनेका छन् । 

टनेलमा उत्पादन हुने तरकारीमा प्राङगारीक मल प्रयोग गरिन्छ । यसरी उत्पादन भएको तरकारी, संकलन केन्द्रमा जम्मा गरेर बजारिकरण हुँदै आएको छ । संकलन केन्द्रका अध्यक्ष दुर्गामाया श्रेष्ठ संकलन केन्द्रले किसानहरुलाई सजिलो भएको बताउनुहुन्छ ।  गाउँमा फलेका तरकारी विषादीरहित भएकै कारण बजारमा माग धेरै छ । छापले मात्रै माग धान्न नसकेपछि इर्खु लगायत आसपासका गाउँबाट पनि संकलन केन्द्रमा तरकारी ल्याउने गरिएको वडा न ५ का सदस्य कोमलबहादुर श्रेष्ठले बताउनुभयो । 

तरकारी संकलन केन्द्र खुलेपछि व्यवसायिक तरकारी खेतिमा लाग्ने किसानको सङ्ख्या पनि बढेको छ । तरकारी फलाएर राम्रो आम्दानी हुने भएपछि किसान खुशी भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.