Websoft University

सुन्दरहरैचाको गछियामा भएको वडा स्तरिय फुटबल खेलको फाइनलमा वार्ड नं ४ विजयी


शिव भट्टराई, मोरङ पुस १९ गते । रातो तारा डट कम,
बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा पौष ६ गते आईतबार बाट सुरु गरिएको वडा स्तरिय नकाउट फुटबल प्रतियोगिताको फाइनलमा वार्ड नं ४ विजयी भएको छ। 

स्थानिय खेलाडी लाई फुटबलमा स्तरिय एबनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ सुन्दरहरैचा वाड नं ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदानमा आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा नगरपालिकाका १२ वटै वार्ड का १२ टिम सहभागी भएका थिए।

शनिबार भएको फाइनल खेलमा वडा नम्बर ४ र ७ बीच कडा प्रतिश्पर्धा भएको थियो।खेलमा १ का बिरुद्ध २ गोल गर्दै वाड नं ४ ले जित हासिल गरेको छ भने आज को खेल मा वार्ड नं ४ कै जर्सी नं १ खेलाडी सरोज चौधरीलाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जसरी युवाहरु खेलकुदमा अगाडि बढेका छन् त्यसैगरी देश विकास गर्ने कार्यमा पनि अगाडि बढे देश विकास अवश्य सम्भव हुने बताएका थिए।

त्यस्तै प्रतियोगिताको उपाधी विजेता वार्ड नं ४ लाई नगद ५१ हजार तथा उपविजेता वार्ड नं ७ लाई नगद २६ हजार रुपैयाँ सुन्दर हरैचाका नगर प्रमुख शिव ढकाल, साथै विशिष्ठ व्यक्तिहरूद्वारा सिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा आयोजक समितिका अध्यक्ष लक्ष्मी चौधरीको सभापतित्व रहेको थियो भने वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ,वार्ड नं ७ का वडाध्यक्ष चैतन्य सिटौला,वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगाना लगायत जनप्रतिनिधि साथै विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी सुन्दर हरैचा नकाउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको मैत्रीपुर्ण महिलाहरु बीचको खेलमा गछिया विजयी भएको छ।निर्धारित ३० मिनेटको समयमा गछिया र डाँगी दुवै  टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा गछिया ले ३ गोल गर्दा डाँगीले दुई गोल मात्रै गरेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.