Websoft University

छलफल कार्यक्रम सम्पन्न


बिराटनगर माघ ३ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघको संयूक्त आयोजनामा उद्योग व्यवसाय क्ष्ँेत्रका समसामयिक समस्याका सम्वन्धमा संघिय सरकारका अर्थ मन्त्री डा.युवराज खतिवडाज्यूका साथ आज मिति २०७६ माघ ०३ गते छलफल कार्यक्रम सम्पन्न भयो । 

छलफलमा माननीय अर्थ मन्त्री युवराज खतिवडा, आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपाल, भंसार विभागका महानिर्देशक सुमन दाहाल लगायतको स्वागत गर्दै उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले औद्योगिक लगानीमा बैंकको व्याजदर क्ष्लनभि म्ष्नष्त को कायम गर्नु पर्ने, बैंकहरुले उद्योग÷व्यसाय क्ष्ँेत्रलाई दिइदै आएको च्भाष्लबलअभ को सुविधालाई सहज, सरल र सुलभ तवरले प्राप्त गर्न सक्ने व्यवस्था, वैंक तथा वित्तिय संस्थाको नविकरण शुल्कलाई स्थिर राख्ने व्यवस्था कायम गर्न अनुरोध गर्नु भयो । 

त्यसैगरी अध्यक्ष्ँ घिमिरेले संस्थागत म्भउयकष्त मा व्याज वढीमा २ प्रतिशत सम्म कायम गर्न, म्भउयकष्त मा ६० वर्ष भन्दा कम उमेरकालागि अधिकतम २ प्रतिशत मात्र कायम गरी ६० वर्ष भन्दा माथिको उमेर भएकालाई ७ प्रतिशत देखि १० प्रतिशत व्याज कायम गर्न र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनहरु वा कम्तिमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरिएका निर्यातमूलक स्वदेशी उत्पादनहरुलाई प्रोत्साहन गर्न निर्यातको आधारमा भ्हउयचत क्ष्लअभलतष्खभ दिन अनुरोध गर्नु भयो । 

मोरंग व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाले आन्तरिक अर्थतन्त्रलाई सुदृढ वनाउन रुग्ण तथा नोक्सानमा रहेका उद्योगलाई संरक्षणको नीति अवलम्वन गरी त्यस्ता उद्योगहरुलाई जिवन्तता प्रदान गर्नु पर्ने, निर्यात प्रवद्र्धनमा प्रोत्साहन दिनु पर्ने, स्थानीय तहमा लाग्ने कर एकिकृत गर्नु पर्ने उद्योगको वाई प्रडक्टमा कवाडी कर लाग्न नहुने धारणा राख्नु भयो । 

अध्यक्ष मुन्दडाले श्रमिकको ज्याला प्रदेशिक विषय हुने गरी श्रम ऐन शंसोधन गर्नु पर्ने, आगामी वजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिईनु पर्ने, मिरगञ्ज पुलका कारण उत्पन्न समस्या समाधानका लागि कुटनितिक पहल गर्न अनुरोध गर्नु भयो । 

अर्थ मन्त्री युवराज खतिवडाले उद्योग÷व्यवसाय क्ष्ँेत्रका समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न राजश्व वोर्ड गठन गर्ने तयारी भईरहेको र आगामी दिनमा उक्त वोर्ड मार्फत दीर्घकालिन रुपमा समस्यालाई समाधान गर्दै लैजाने वताउनु भयो । उहा“ले सामाजिक सुरक्षा कर कार्यान्वयन क्रममा देखिएका केही व्यवहारिक समस्यालाई क्रमश सुधार गर्ने जानकारी गराउनु भयो । 

अर्थ मन्त्री खतिवडाले वर्तमान समयमा वैंक व्याजदरमा स्थिरता आउनु, भारु वजारमा उपलब्ध हुनु, विद्युत निरन्तर प्राप्त हुन सकारात्मक संकेत भएको वताउदै अर्थतन्त्रलाई अझ वढी चलायमान वनाउन नीजि क्ष्ँेत्र अगाडी आउनु पर्ने धारणा राख्दै यसका लागि सरकार वातावरण वनाउन तयार रहेको वताउनु भयो । 

उहा“ले निकट भविष्यमा वैंकिङ क्ष्ँेत्रसंग व्याज दर, विपन्न वर्गलाई दिईने कर्जा लगायतका विषयमा छलफल गरी यसमा देखिएका समस्यालाई सुधार गर्दै लैजाने विश्वास दिलाउदै आन्तरिक उत्पादनलाई असर नपार्ने गरी वैदेशिक लगानी ल्याउने स्पष्ट पार्नु भयो । उहाले निर्यात मूलक उद्योगहरुको लागि प्रोत्साहनका लागि विद्युत सहुलियत लगायतका विषयमा छलफल भईरहेको र आगामी दिनमा त्यसतर्फ काम गर्ने जानकारी गराउनु भयो । 

उद्योग संगठन मोरंगका पूर्व अध्यक्ष्ँ अशोक मुरारका, शिवशंकर अग्रवाल, मोरंग व्यापार संघका पूर्व अध्यक्ष्ँ ताराचन्द खेतान, शंकरलाल अग्रवाल, खेमचन्द लालवानी, निवर्तमान अध्यक्ष्ँ पवन शारडा लगायतले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग÷व्यवसायलाई प्राथमिकता, पु“जीको उपलब्धता, कर्जा प्रवाहमा सरलताका साथै परिवर्तित ऐन, कानुनबाट उत्पन्न भएको समस्या समाधानमा सक्रियता अपनाउन आग्रह गर्नु भएको थियो । 

कार्यक्रममा उद्योग संगठन मोरंग र मोरंगका व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्य, अर्थ मन्त्रालय अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव, भंसार विभागका महानिर्देशक, महिला उद्यमी, ट्रक व्यवसायी संघका प्रतिनिधि, विराट व्यापार संघका अध्यक्ष्ँ लगायत उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको थियो ।  

२०७६ माघ ०३ गते, शुक्रवार
विराटनगर



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.