विराटनगर । रातो तारा डट कम,धनकुटाबाट विराटनगर तर्फ आउँदै गरेको रिजर्व बसमा अचानक आगलागी भएको छ । धनकुटा जिल्लाको साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ मा गुडिरहेको यात्रुबहाक बसमा अचानक आगलागी भएको हो ।
आगोलागेपछि भाग्ने क्रममा ५ जना विद्यार्थी घाईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी सुर्दशन कोईरालाले जानकारी दिए ।
विराटनगरको ईडेन बर्ग कलेजका विद्यार्थी बोकेर धनकुटाबाट तालिम सकेर फर्किँदै गरेको बसमा आगोलागेको हो । धनकुटाबाट तालिम सकेर फर्किँदै गरेको ना ५ ख ८००३ को बसमा आगालागी भएको बसमा सवार विद्यार्थी जय मेहताले आवर विराटनगरलाई जानकारी दिए ।
बसमा बेलुकी साँढे पाँच बजे आगो लागेको थियो । घाईते सबैलाई स्थानिय स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । आगलागी भएको बस पुर्ण रुपमा क्षती भएको छ। बसका चालक र सहचालक फरार छन् ।
Post a Comment