Websoft University

नविन श्रेष्ठको संगीत तथा निर्देशनमा ”भुसुक्क निधाउदा ” भिडियो सहित



काठमान्डौँ । रातो तारा डट कम,नेपाली सुगम गीत संगीतमा  सुपरिचित गायिका हुन  निशा देसार । उनको आवाजमा रहेको निकै मनछुने ”भुसुक्क निधाउदा ” गीतको भिडियो सार्वजनिक भएको छ  ।

प्रकाश दिपको शब्द तथा नविन श्रेष्ठको संगीतमा रहेको गीतमा आमा र छोरी विचको भित्री मनका माया र  त्यागलाई गीतमा समेटिएको छ । गीतलाई अनिल शाहीले एरेन्ज गरेका छन  । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ  । जिवनलाई नजिक बाट नियाल्ने किसिमको गीत बनेको गीतकी गायिका निशा देसारले बताइन ।

 कृष्ण पाण्डेको छायाँकन , जिवन चौधरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । ”भुसुक्क निधाउदा ” गीतको भिडियोमा अनु श्रेष्ठ , रमा राज्य लक्ष्मी ठकुरी , प्रकाश कुमार श्रेष्ठ , प्रज्वल श्रेष्ठ र विवेक कुवँरको अभिनय रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.