Websoft University

सुन्दरहरैचा नगरपालिका पर्यटकिय प्रवद्र्घनमा चासो राखेर बिकास उन्मुख बाटोमा अगि बढ्दै,


स्वतन्त्र पत्रकारतेजेन्द्र भण्डारी,

बिराटनगर माघ ३ गते । रातो तारा डट कम, सुन्दरहरैचा नगरपालिका अहिले बिकासको बगैचा,बिकासको आधार, यातायात शिक्षा स्वास्थ्य कृषि पर्यटनको पुर्वाधारको नारा लिएर अगि बढिरहेको नगरपालिका हो । यो नगरपालिका कार्यालय अहिले बिचमा नपरेको भन्द,ै आम नगरवालिहरलाइ सहज तरिकाले सेवा र सुबिधा उपलब्द गराउन् नगरका १२ वडाहरु मध्ये ८ नम्वर वडालाई छानी सो ठाउँमा कार्यालय सार्ने कुरा पनि भइरहेकोछ ।

सुन्दर हरैचा नगरपालिकामा हाल १८६१०,घर धुरीमा कुल जनसंख्य ८०५१८ रहेकोपाइन्छ । त्यसमा महिला ४२८२८, पुरुस ३७६९४, छन भने जनसंख्य बृदिनर २,९७ प्रसित रहेकोछ । सुन्दरहरैचा ११०,१६ वर्गमिटरमा फैलिएकोछ र समुन्द्र सतह देखि ८३ मि, १४० मि, उच्चाइमा रहेकोछ । यो नगरपालिका पुर्वमा बेलवारी,पस्चिममा सुनसरीको इटहरी नगरपालिका, दखिनमा बुढीगंगा र ग्रामथान उतरमा केरावारी गाउँपालिका रहेका छन ।

यो क्षेत्रमा बिभिन्न किसिमका खेती पसुपालन, डेरी संन्चालन,उधोग पर्यटनको बिकास,धर्मसंस्कृतिको सरक्षणका लागि आवश्यक कमद चाल्दै, नगरपालिकाले क्षेत्र बिकास र बिशेष कृषिका लागि यहाँ उर्भर जमिन रहेकाले कृषि योग्य जमिन २५७१ हेक्टर रहेको र वन क्षेत्र ४० प्रतिसतले मात्र जमिन ढाकिएको हुदा, नगरले यसमा बढी प्राथमिक्ता दिएको पाइन्छ । सुन्दरहरैचा उच्च शिक्ष, शिक्षा साकक्षरता, सुरक्षा, यातायात, खानेपानी, सडक,बिजुली बती, मानवमा आवश्यक पर्ने सम्पुर्ण योजना परियोजनाहरुको नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, र उहाँका टिमका जनप्रतिनिधिहरुले राम्रो परिचालन गरेकाले नगर अहिले बिकास उन्मुख बाटोमा अगि बढेको पाइन्छ ।

नेपाल सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेकोछ । मोरङको सुन्दर हरैचा नगरपालिका क्षेत्र भित्र आन्तरिक र वाय पर्यटकहरुका लागि के के सुविधा र पर्यटकिय प्रवद्र्घन गर्न नगर अहिले लागेकोछ भनेर सुन्दरहरैचा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश दाहाल संग भेटेर जानकारी माग्दा वहाँ भन्नु हुन्छ, नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न र आन्तरिक पर्यट बिकासका लागि सुन्दरहरैचा नगरपालिकाले प्रर्यटकिय क्षेत्र बिकास सुधारका लागि बजेटै राखेर अगि बढी सकेको बताउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत गणेश दाहालले यो क्षेत्रमा पर्यटकहरुका लागि हसिना सिमसार, बागइाोडा, भुल्के देवी संरक्षण क्षेत्र, नयाँ बृन्दावन गोैशाला, किचम गढी, गोकर्ण, गोकुलम, शाकेला थान, काली खोला,ग्रामथान, रहेका छन ।

धार्मिक स्थल तर्फ राधा कृष्ण प्रणमी मन्दिर, जामेमस्जीत,फोकल्याण्ड टापु, र शिक्षमा पुर्वञ्चल विश्वबिधालय,रहेको जानकारी गराउनु भयो । त्यसैगरी नगर वासिहरुको तर्फबाट योजना मागभइ आएका निवेदनको तथ्यांक अनुसार धेरै काम भइरहेका र केहि काम हुन बाँकी प्राथमिक्तामा रहेको जानकारी गराउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत गणेश दाहालले जानकारी दिनु हुदै, गरपालिकाले अहिले प्राथमिक्ता लक्षित कार्यक्रमहरु पनि अगि सारेर काम गरिरहेकोले आर्थिक बिकास गरिवी न्युनिकरणका लागि कृषि पसु आयआर्जन, सिप बिकास, रोजगार सृजना व्यावसायिक उधम यातायात सिचाइ र नदी नियान्त्र आदिका क्षेत्रमा काम भइरहेको बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.