शिव भट्टराई, मोरङ माघ ३ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिकाले नगर भित्र रहेका विभिन्न वडामा रहेका कृषकहरुलाई कृषि उत्पादनमा लाग्ने कृषि यन्त्र तथा उपकरण सामाग्री वितरण गरेको छ ।
नगरले विभिन्न वडामा बसेर सामुहिक कृषि फर्म सञ्चालन गरी तथा व्यक्तिगत कृषि पेशामा लागि व्यवसायिक कृषकहरुलाई ७४ थान विभिन्न कृषि सामाग्रीहरु वितरण गरेको हो ।
शुक्रबार सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालको उपस्थितिमा कृषकहरुलाई विभिन्न कृषि उपज सामाग्रीहरु वितरण गरेको हो ।
नगरले वितरण गरेको सामाग्री ग्रीन नेट १८ थान, पावर सेल रिपर २ थान, मकै छोडाउने मेसिन २ थान, मिनि ट्याक्टरमा जोड्ने रिपर १ थान, पावर स्प्रे ४० थान र गटर स्प्रे १० थान गरि ७४ थान कृषि सामाग्री वितरण गरेको हो ।
नगरले उक्त सामाग्रीहरु कृषकसग ५०/५० गरेर लागत साझेदारी गरि वितरण गरेको थियो ।
उक्त सामग्री वितरण गर्नु पुर्व नगरले केही महिना अगाडि कृषकहरुसग माग आवेदन फारम भरेको र माग फारम बमोजिम नै कृषकलाई सामाग्री उपलब्ध गराएको सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले बताए ।
नगरप्रमुख ढकालले नेपाल कृषि प्रधान देश भनिएता पनि कृषि उपज जमिनहरु मासिदै गएको बताएका थिए । उनले उक्त जमिन मासिनबाट रोक्न केन्द्रीय सरकारबाट योजना आउनु पर्ने बताए ।
उनले नगरले कृषकहरुको समस्या समाधान गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन बजेट विनियोजन गरेता पनि कृषकले आफ्ना समस्या अनुसार कृषि सामाग्री माग नगरेको बताएका थिए । उनले कृषकले माग गरे अझ धेरै कृषि सामाग्री नगरले उपलब्ध गराउने समेत बताएका थिए ।
Post a Comment