Websoft University

निजी मेडिकल कलेजलाइ अतिरिक्त शुल्क फिर्ता दिन सरकारको १५ दिने अल्टिमेटम जारी गर्यो


काठमाण्डौ कार्तिक २६ गते । रातो तारा डट कम,सरकारले विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता दिन निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम दिएको छ । नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीको माग सम्बोधन गर्न निजी मेडिकल कलेजलाई आग्रह गर्नुभयो । 

चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उहाँले कलेजले मिलाएनन् भने विद्यार्थी र अभिभावकका निवेदन कार्यान्वयनको प्रक्रियामा जाने बताउनुभयो । १५ दिनभित्र विद्यार्थीका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई आज नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी छ । तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेज उम्कन नपाउने मन्त्री पोखरेलले बताउनुभयो । 

यसैविच मेडिकल कलेजले अहिले विद्यार्थीको माग सम्बोधन गरेर पठनपाठन सहज रुपमा हुने वातावरण बनाए शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक रहेको पनि बताउनुभयो । उहाँले अभिभावक र विद्यार्थीलाई पनि गुपचुप रुपमा असमान सर्त स्वीकार नगर्न आग्रह समेत गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.