Websoft University

सीमामा सुरक्षाकर्मी र पोस्ट बढाइने



काठमाण्डौ कार्तिक २६ गते । रातो तारा डट कम,सरकारले भारत र चीनको सीमामा सुरक्षा पोस्ट र सुरक्षाकर्मी बढाउने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले राखेका जनचासोको विषयको जवाफ दिदैँ गृहमन्त्री रामबहादुर थापाले अहिले दुवै देशतिरको सीमानामा सुरक्षाकर्मी र पोस्ट कमी भएकाले बढाउने तयारी भइरहेको जानकारी गरानउनुभयो । यस विषयमा पहिलादेखि नै छलफल भएको भएपनि कालापानीको विषय आएपछि झन् दबाब बढेको उहाँले बताउनुभयो । समिति सदस्यले सीमा सुरक्षा पोस्ट पनि सिमाना भन्दा निकै पर रहेको बताएका थिए । यसको जवाफमा गृहमन्त्री थापाले अहिले पोस्ट २०–३० किलोमिटर टाढा भएकाले अब १०–१० किलोमिटरको फरकमा पोष्ट राखिने बताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.