Websoft University

लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन



काठमाण्डौ कार्तिक २६ गते । रातो तारा डट कम,संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको  समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

नेपालको शैक्षिक सामग्रीमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्नुका साथै हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुरासम्मको भू–भाग समावेश गरी नयाँ नक्सा तयार पार्न नेपाल सरकारलाई निर्देशन दिने’ निर्णय समिति बैठकले गरेको समितिका सभापती शशी श्रेष्ठले जानकारी गराउनुभयो । समितिले कूटनीतिक र राजनीतिक पहलबाट समस्याको समाधान निकाल्न सुझाव दिएकोछ ।

कालापानीलगायत अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने’ निर्णय पनि समितिले गरेको छ । भारतले गत नोभेम्बर दुइमा जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालभर विरोध प्रदर्शन भइरहेको छ । भारतले उसको नक्सामा नेपालको कालापानी र लिपुलेक राखेको भन्दै नेपालभर विरोध प्रदर्शन भइरहेको हो । 

यस विषयबारे समितिले छलफल गर्नको लागि प्रधानमन्त्रीलाई डाके पनि उहाँ भने उपस्थित हुनुभएन । प्रधानमन्त्री सहभागी नभएपछि सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राख्नुभएको थियो । यसअघि शुक्रबार नेपाल–भारतबीच कालापानी सीमा विवादबारे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गर्नुभएको छ । यससँगै दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.