Websoft University

संघीय सुशासन सम्वन्धी ३ दिने तालिम कार्यक्रममा प्रदेश नं. १ र २ का विभिन्न २० नगरपालिकाका चौविस उप–प्रमुखहरुको सहभागीता


बिराटनगर कार्तिक २७ गते । रातो तारा डट कम,उद्योग संगठन मोङग, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा अमेरिकन ऐम्वेशी काठमाण्डौको सहयोगमा प्रदेश नं. १ र प्रदेश नं. २ का ४ नगरपालिका गरी चौविस नगरपालिका उप–प्रमुखहरुको सहभागीतामा संघीय सुशासन सम्वन्धी तालिम कार्यक्रम विराटनगरमा कार्तिक २६ गते देखि ३ दिनका लागि संचालन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको र प्रदेश सरकारले सुशासन कायम गर्न संकल्प लिएको हुदा उप–प्रमुखह?लाई सहभागीता गराई आयोजना गरिएको संघीय सुशासन कार्यक्रम उपलब्धी मुलक हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाले देशमा शान्ति स्थापना भईसकेकाले अवका दिनमा पारर्दशिता र जवाफदेहिता कायम गर्दै देशको विकास र समृद्धिमा अगाडि वढनु पर्नेमा जोड दिनु भयो । मुख्य मंत्री शेरधन राईले प्रत्येक नागरिकले स्थानिय निकायबाट सुशासनको अनुभुती गर्न पाउनु पर्नेमा जोड दिदै यस विषयमा गम्भीर हुन सवैलाई अनुरोध गर्नु भयो ।

कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश नं. १ का सामाजिक विकास मंत्री जीवन घिमिरेले उद्योगी÷व्यवसायीको संस्था व्यवसायमा मात्र केन्द्रित नभएर सुशासको क्षेत्रमा समेत समवेदनशिल हुदै तालिमको आयोजना गरेकोमा खुशि व्यक्त गर्दै व्यवहारमा सुशासन कायम गर्न सवैमा जागरण आउनु पर्ने र सवै सुशासनको पक्षमा दुढतापूर्वक उभिनु पर्ने् वताउनु भयो । चौविसवटा नगरपालीका उप–प्रमुखहरुलाई सहभागी गराई आयोजना गरिएको संघीय सुशासन कार्यक्रमले सुशासनको पक्षमा आगामि दिनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भयो ।

उद्योग संगपठन मोरंगका अध्यक्ष भीम घिमिरेले तिनको तहको सरकारको गठन, प्रभावकारी वैठक संचालन, सामुदायीक सहभागीता, न्यायिक भुमिका, विवादको व्यवस्थापन तथा समाधान, वजेट तथा वित्तिय व्यवस्थानका विषयमा तिन दिने तालीम कार्यक्रम केन्द्रित हुने भएकाले तालिम पश्चात जनप्रतिनिधिह?लाई आ–आफ्नो क्षेत्रमा काम गर्न थप मदत पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले तालिम पश्चात् जनप्रतिनिधि आफ्नो कार्यशैलीमा अझ परिमार्जिन गर्न सहयोग पुग्ने धारणा राख्दै जनप्रतिनिधिलाई जनताको चाहाना र भावना अनुरप कार्य गर्न अनुरोध गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले संघियतामा गईसके पश्चात गर्नु पर्ने काम धेरै भएकाले भएकाले हरेक काम गर्दा जनप्रतिनिधिले सुशासनलाई पहिलो प्राथमिकता दिनु पर्ने धारणा राख्नु भयो । उपाध्यक्ष प्रधानले निर्वाचित जनप्रतिनिधिलाई जनताले नियाली रहने भएकाले समाजको दृष्टिकोण वदल्न सुशासन कायम राख्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

अमेरिकन दुतावास, अमेरिकि स्पेसेस, काडमाण्डौंका निर्देशक सुलभ भट्टले सातै प्रदेशका जनप्रतिनिधिलाई संघिय सुशासनका सम्वन्धमा ज्ञान दिई आगामि दिनमा काम गर्न सहज वनाउने उद्देश्य लिई दुतावासले यस किसीमको कार्यक्रम आयोजना गरेको वताउनु भयो । संगठनका कार्यकारी सदस्य एवं कार्यक्रममा संयोजक तारानाथ निरौलालाई नगरपालीका उप–प्रमुृखहरु सहभागी यस तीन दिने तालिमले उहाहरुलाई अझ परमार्जित र परिस्कृत रुपमा काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमका प्रदेश नं. १ र २ का विभिन्न २० नगरपालिकाका चौविस उप–प्रमुखहरुको सहभागीता रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.