Websoft University

दुइ जना गाजा व्यापारी पक्राउ

गाइघाट कार्तिक २७ गते । रातो तारा डट कम,उदयपुर बाट दुइ जना गाजा व्यापारी सहित ५ केजी गाजा पक्राउ गरीएको छ । स. १ च. १७६६ नम्बरको जिपमा राखेर सीराहातर्फ ल्याउदै गरेको अवस्थामा पैहरीले मंगलबार विहान उदयपुरको ताप्लि गाउ पालीका २  को ताप्लीबाट सिराहा धनगढीका ४५ वर्षिय कन्सलाल तामाङ्ग र ३५ वर्षिय मोहन तामाङ्ग लाइए गाजा सहित पक्राउ गरेको एसपि बीर बहादुर मगरले बताए । प्रहरीले ५० केजीको दरले ५ वटा बोरामा प्याक गरीएको तयारी गाजा बरामद गरेको हो । 
प्रहरीले घेरा हालेर जीप नियन्त्रण लिने क्रममा गाडीका चालक, सहचालक र अर्का एक सहयोगी भने फरार रहेको प्रहरीले जनाएको छ ।  पक्राउ गरेका  दुवै जना गाजा व्यापारी रहेको र उनीहरुले  सिराहा हुदै भारत तर्फ गाजा निकासि गर्दै  आएको खुलेको प्रहरीले जनाएको छ । 
प्रहरीले गाजा ,जिप र पक्राउ गरीएका तामाङ्गलाई इलाका प्रहरी कार्यालय कटारीमा हिरासतमा राखेर अनुसन्धान शुरु गरीएको जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.