Websoft University

राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्नु हुदै,


काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम,बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । भेटवार्ताका क्रममा हमिदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुनेछ । अपरान्ह ४ः३० बजेदेखी ५ बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

आज राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रीभोजको आयोजना समेत गर्नुभएको छ । त्यसअघि दिउँसो ३ ,१५ मा उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० मा प्रधानमन्त्री केपी शर्मा ओली, २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । 

त्यस्तै आज विहान ११ ,१० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विहान १० , ५० मा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.