Websoft University

RatoTara.com,उसु टोली चिनतर्फ प्रस्थान


काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,१५औं विश्व उसु प्यासीफीक च्याम्पीयनसिपमा सहभागी हुन नेपाली उसु खेलाडी चिनतर्फ प्रस्थान गरेका छन् । उक्त च्याम्पीयनसिपमा सहभागि हुन जाने खेलाडी एवं प्रशिक्षकलाइ नेपाल उसु महासंघका अध्यक्ष विर बहादुर तामाङ्गले आज एक कार्यक्रमका बिच बिदाइ गरेका छन् । च्याम्पीयनसिपमा नेपालबाट बिभिन्न बिधामा ११ जना खेलाडीहरुले आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।

नेपालबाट उक्त प्रतियोगितमा थाउलु तर्फ सुस्मीता तामाङ्ग,निमा घर्तीमगर,विजय सिन्जाली,दिपक हमाल,मिना ग्लान,विश्व बुढामगर,कविता थापा र शिवजी सिलवालले सहभागिता जनाउने छन् भने सान्सो तर्फ विन्दु पुनमगर,जुली राइ र किरण सिंह सावदले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा तुलसी नन्द बज्राचार्य र ब्यवस्थापकमा लानम लामाले सहभागिता जनाउने छन् । चिनको संघाइमा अक्टोबर १९ देखी २५ सम्म प्रतियोगिता आयोजना हुनेछ । 

त्यसैगरी चिनको साघाइमा अक्टोबर १९मा आयोजना हुने १५औं विश्व उसु कँग्रेसमा सहभागि हुन नेपाल उसु महासंघका अध्यक्ष विरबहादुर तामाङ्ग,महासचिव लाक्पा छिरिङ्ग लामा र केन्द्रीय सदस्य सान्देन शेर्पा पनि त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रतियोगितामा सहभागी हुन टोली आजै त्यसतर्फ प्रस्थान गर्दैछ भने महासंघका अध्यक्ष पनि प्रस्थान गर्ने छन् ।
कार्यक्रम
डब्लु टिएफ एयुस्टार प्रतियोगितामा सहभागि हुन जाने लनटेनिस
खेलाडीहरुको बिदाइ कार्यक्रम तपशिलको मिति,समय र स्थानमा सदस्य सचिव
ज्युबाट हुने भएकोले उपस्थीतिका लागि अनुरोध छ ।
तपशिल
मितिः–२०७६साल कात्र्तिक ०१ गते शुक्रबार
समयः– बिहान १०.०० बजे
स्थानः– दशरथ रँगशाला त्रिपुरेश्वर ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.