Websoft University

शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अव अनलाइनबाटै प्राप्त गर्न सक्ने



काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,विदेश पढन जान चाहने विद्यार्थीले अब अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन । त्यसका लागि सरकारले तयारी अन्तिम चरणमा प¥याएको छ । हरेक वर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिने तयारी गरेको हो । 

आउँदो मंसिर पहिलो सातादेखि अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र दिइने मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिनुभयो । अनलाइनमार्फत पाएको अनुमति प्रिन्ट गरेर विद्यार्थीले आफ्नो प्रयोजनका लागि सम्बन्धित नीकायमा बुझाउन सक्नेछन् । दस्तुरसमेत बैंकबाटै बुझाउने व्यवस्था गरिने भएको छ । 

शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अनलाइनबाटै शाखामा पठाउनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयमा समेत सफ्टवेयर लिंक गरेर शैक्षिक प्रमाणपत्रको जाँचलगायत परीक्षण गरिने शाखाले जनाएको छ । अहिले एनओसी लिन मन्त्रालयको एनओसी शाखामा लाइन लाग्नुपर्ने बाध्यता रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.