Websoft University

नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान




काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा भब्य स्वागत र सम्मान गरेको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाजको सस्थापक तथा निबर्तमान अध्यक्ष पुष्प बरुवाल, नबनिर्बाचित अध्यक्ष कमला दाहाल, बरिष्ट उपाध्यक्ष राम चन्द्र थापा, उपाध्यक्ष साबू गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिब मनिष कुमार श्रेष्ठ, सचिब हरि शर्मा, कोषाध्यक्ष कुलराज थापा, युरोप संयोजक सन्त कुमार थापा, अस्ट्रेलिया संयोजक सुशील चालिसे, एसिया संयोजक लोकराज अधिकारि लगायतका पदाधिकारीहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना बधाई ज्ञापन गरिएको छ ।  

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा बरिष्ट अभिनेता रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संघका उपाध्यक्ष द्वय बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सानु ताम्राकार, महासचिब चेत बहादुर सिंह"राजा" कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष पवित्रा आचार्य, अन्य संघका सदस्यहरु, नायक धिरेन शाक्य, नेपाल फिल्म सोसाईटीका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

उक्त अबसरमा बक्ताहरुले बोल्दै नेपाल चलचित्र कलाकार संघ र अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) ले अबका दिनहरुमा साझा अबधारणाहरुमा सहकार्य गर्दै नेपाली कलाकारहरुको हकहितमा काम गर्दै जाने तथा कलाकारहरुको समन्वयमा नेपाल तथा बिदेशमा नेपाली चलचित्रको प्रबर्धन लगायत अन्य कार्यहरुमा समेत एकजुट भई हातेमालो गर्दै जाने बताए । सोहि कार्यक्रममा सुभाष खड्का तथा राजेश महर्जनलाइ समेत कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाइ कलाकार गोपाल ढकाल छन्देले संचालन गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.