Websoft University

प्रदेश १ को प्रथम पञ्चवर्षीय योजना सार्वजनिक


बिराटनगर असोेज १६ गते । रातो तरा डट कम,प्रदेश १ ले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गर्दै प्रदेशमा दोहोरो अङ्ककको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । योजनाको अन्तसम्ममा प्रतिव्यक्ति आय १६ सय २० अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ । उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गरी आय र मर्यादित रोजगारीका अवसरमा वृद्धि गर्नु, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा गुणात्मक सुधार गर्दै उन्नत मानव संसाधन विकास एवं समतामूलक समाजको आधार निर्माण गर्ने जस्ता विषयलाई यो योजनाले समेटेको छ । गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकास गर्नु, जलवायु अनुकूलन गर्दै वन, वातावरण, जलाधार र जैविक विविधताको संरक्षण गर्नु जस्ता विषयलाई योजनाको प्रमुख लक्ष्यका मानिएको छ । सुशासनको अभिवृद्धि, युवा प्रतिभा विकास तथा उद्यमशीलता एवम् स्वरोजगारका अवसर सिर्जना गर्नु जस्ता महत्वपूर्ण क्षेत्रगत उद्देश्यहरू निर्धारण गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.