Websoft University

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु सुरक्षार्थ ३ सय ९८ नेपाल प्रहरी परिचालन हुने


उदयपुर, असोज १६  गते।  रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय उदयपुरले चाडपर्व विशेष सुरक्षा रणनीति सार्वजानिक गरिएको छ । चाड पर्वमा हुन सक्ने सम्भावित अपराधिक घटनालाई निस्तेज पार्न प्रहरीले ‘चाडपर्व विशेष सुरक्षा रणनीति –२०७६ सार्वजानिक गरेको हो । सुरक्षा रणनीति अनुसार नेपाल प्रहरीले ३७ मध्ये कारागार, अदालत र जिल्ला प्रशासन बाहेकका ३४ वटा युनिटबाट साधा पोसाक सहित ३ सय ९८ जना प्रहरी परिचालन गर्ने तयारी गरिएको प्रहरी उपरिक्षक एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।

प्रहरी देखेपछि अपराध गरेका व्यक्तिहरू फरार हुने भएकाले ४ वटा समूहमा सादा पोषाकमा प्रहरी परिचालन गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘मोबाइल गस्तीबाट चारपांग्रे ४ वटा, दुई पांग्रे मोटरसाइकल ३० वटा परिचालित हुने तयारी भई रहेको बताए ।  प्रहरीले ६ ठाउँ ट्राफिक सहितको र १३ ठाउँ प्रहरीबाट मात्र चेकिङको व्यवस्था गरेको छ । एसपी बुढामगरका अनुसार चेकिङ गर्दा राष्ट्रिय राजमार्ग, जंगल, सुनसान क्षेत्रलाई प्राथामिकतमा राखिएको छ । चाडपर्वमा धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि सर्बसाधरणको भीड बढ्ने भएकाले ७ वटा त्यस्ता स्थलहरुको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको जानकारी दिइएको
छ ।
सीमित श्रोत साधन भएकाले त्यसलाई अधिकतम प्रयोग गर्ने गरि प्रहरीले २३ वटा पैदल गस्ति र नाकाहरूमा २४ घण्टै चेकिङको व्यवस्था मिलाइएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले आर्थिक कारोवार बढि हुने बैंक, सुनचाँदी पसल, जंगल, मदन भण्डारी, कदमाह–गाईघाट राजमार्ग क्षेत्र चुनौतीपूर्ण रहेकाले प्रहरीको सकृयता बढाईने बताए । ‘मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना, झगडा जस्ता अपराधिक कृयाकलाप हुने भएकाले समयमा होटलहरु बन्द गर्ने, ट्राफिक प्रहरीको चेकिङलाई व्यापकता दिइने छ योजना रहेको बताए ।

दैनिक उपभोग्य सामग्री आपूर्ति समस्या, कालोबजारी नियन्त्रण, सरकारी कार्यालय, बजार सुरक्षाका लागि पनि रणनीति नै बनाई सुरक्षा सम्यन्त्र परिचालन गर्छौं । नेपाल प्रहरीसँगै सशस्त्र, ट्राफिक, राष्ट्रिय अनुसन्धानको टोली समेत परिचालन गर्ने र बैंक सुरक्र्षाथ खटिएका सुरक्षा गार्डलाई समेत बैंक भित्र मात्र नभई आसपासका क्षेत्रलाई समेत नियाल्ने गरी योजना तय गरिएको प्रजिअ खड्काले पत्रकारहरुलाई जानकारी दिए ।
सुरक्षा योजना सफल पार्नका लागि प्रहरीले मुख्य कमाण्डको रूपमा एसपी, रिजर्ब टोलीमा डिएसपी, तत्काल परिचालनका लागि इन्स्पेक्टरको कमाण्ड रहने व्यवस्था मिलाइएको एसपी मगरले जानकारी दिए । त्यस्तै सर्बसाधरणलाई ठगीबाट बचाउनका लागि सदरमुकाम गाईघाट र कटारी क्षेत्र गरी दुई ठाउँका बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.