Websoft University

फेब्रुअरी १५ देखि धनगढीको फाप्ला क्रिकेट खेलको आयोजना हुने


धनगढी,असोज १६ गते । रातो तारा डट कम,क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा धनगढी प्रिमियर लिगको चौथो संस्करण आगामी २०७६ साल फागुन १५ अर्थात फेब्रुअरी १५ देखि धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना गर्ने निर्णय गरेको छ । ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो । देशकै सर्वाधिक राशीको प्रतियोगिता समेत रहेको डीपीएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रकम हात पारेको थियो । ऋष्तथ द्यबकभ ँचबलअजष्कभ ऋचष्अपभत को आधारमा पहिलो संस्करणबाट देशमै तरंग ल्याउदै नेपाली क्रिकेटलाई नै माथिल्लो स्तरमा पुर्याउने मद्दत गरेको डीपीएललाई यसपाली अझ बृहत् र भव्य रुपमा आयोजना गर्दैछौं । प्रतियोगिताबारे विस्तृतमा आगामी दिनमा थप जानरकारी गराइनेछ.
सुवास बी शाही
अध्यक्ष
धनगढी क्रिकेट एकेडेमी
सम्पर्क नम्बरः ८५८४२२४५२

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.