Websoft University

करेन्ट लागेर १ जनाको मृत्यु


सुनसरी, कार्तिक ९ गते । रातो तारा डट कम,सुनसरीको दुहबी नगरपालिका-३ स्थितमा रहेको पशुपती खाध्य फ्याक्ट्रीमा काम गर्ने सुनसरीको दुहबी नगरपालिका-११ तनमुना बस्ने अंदाजी बर्ष २४ को पवन पासवानको करेन्ट लागेर मृत्यु भएको छ । 

शुक्रबार दिउँसो साढे ३ बजेको समयमा फ्याक्ट्रीको टिनको तेल चार पट्टिवाट कभर गर्ने मेसिनमा काम गर्ने क्रममा अचानक बिधुत तार सर्ट भई करेन्ट लागेर उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी बिराट मेडिकल कलेज बिराटनगर पठाएकोमा उपचारको क्रममा साँझ पौने ५ बजेको समयमा मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनाबारे आवश्यक अनुसन्धान कार्य गरिरहेको उक्त कार्यालयले जनाएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.