Websoft University

हरियाली सामुदायिक वनले आफ्नो १४ औ साधरणसभाबाट ३ जना सम्मानित


पथरी । भदौ ३० गते । रातो तारा डट कम,मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वनले आफ्नो १४ औ साधरणसभा सम्पन्न गरेको छ । सोमबार आफ्नै भवनमा वनले आफ्नो उपभोक्ता समुहका ३ जना वृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा १ सय ३ वर्षीय जेष्ठ उपभोक्ता मोहन ध्वज जवेगु, ८८ वर्षीय मायालक्ष्मी थुलुङ, पूर्व अध्यक्ष हरिलाल अधिकारी पनि सम्मानित भएका छन् । साथै सोहि अवसरमा नगरलाई कार्यक्षेत्र वनाएर लामो समयदेखि संचार क्षेत्रमा कार्यगर्दै आएका २ जना संचारकर्मीहरु अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई समेत सम्मान गरेको छ ।

      यसैगरी वनले आफ्नो उपभोक्ता समुहमा रहेका एकल महिला, दलित, जनजाती, अपाङग,असाहय गरी ३० जनालाई सालको खाट पनि वितरण गरिएको छ । हरियाली सामुदायिक वन नेपालको २२ हजार मध्ये आर्थिक बर्ष २०७५÷०७६ को वन मन्त्रालयबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए । 

हरियाली नेपालको प्रथम पुरस्कार पाउने प्रदेश १ कै पहिलो सामुदायिक वन हो । यस्तै टोल प्रमुखहरु गजेन्द्र राई, पञ्चमाया राई, कृष्ण गेलाल, धनप्रसाद मगर, बसन्त मगरलाई समेत सम्मानित भएका हुन् । निम्न वर्गीय उपभोक्ताहरु देउमाया लिम्बू, लक्ष्मी विश्वकर्मा, धनमाया गुरुङ लगायत ३० जनालाई खाट, नरबहादुर चौहान र रामकुमार राईलाई घर निर्माण गरेर उपहार प्रदान गरेका थिए । 

सामुदायिक वनको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आतिथि पथरीशनिश्चरे नगरका प्रमुख दिलिपकुमार राई, डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघको १ नम्बर प्रदेश सचिव अग्नि पौडेल नगरको ७ नम्बर वडा अध्यक्ष कपिलमणी ढकाल लगायतेले शुभकामना मन्तव्य राखेका थिए ।

 यस्तै वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५–०७६ मा कुल आम्दानी १ करोड २५ लाख ६ हजार ९ सय २ रुपैया रहेको छ भने १ करोड १२ लाख ९९ हजार २ सय ७९ रुपैयाँ खर्च रहेको छ । सो कार्यक्रममा नगरप्रमुख दिलिप कुमार राईको प्रमुख आथित्यता,जिल्ला डिभिजन वन कार्यलय मोरङका अधिकृत राम लखन ठाकुरको विशिष्ठ आथित्यता र सोही वनका अध्यक्ष काबुल ब. मगरको अध्यक्षता रहेकोथियो। 

कार्यक्रमको बारेमा बोल्ने क्रममा मगरले आर्थिक वर्षमा अति विपन्न २ उपभोक्ता नर ब चौहान र राम कमार राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको पनि बताएका छन । २०५६ सालमा स्थापना भएको सो वनकोे क्षेत्रफल २४५.९४ हेक्टर रहेको छ भने वनमा हाल पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २, ३ र ७ नम्बर वडाका एक हजार २८ घर धुरी उपभोक्ता सदस्यहरु आवद्ध रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.