Websoft University

नागरिकता खारेजीको माग गरे यादवले


काठमाण्डौ भाद्र ३१  गते । रातो तारा डट कम,भारतीय नागरिकले लिएको नागरिकताको प्रमाणपत्र खारेजीको माग गर्दे जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ । भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै राजेश राय यादव र धिरेन्द्र राय यादवले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दर्ता गराउनुभएको हो । 

गढीमाई नगरपालिका वडा नम्बर ६ का वडा सदस्य महेन्द्र राय यादव , आनन्दी देवीको भारतमा घर भएको र काठमाण्डौमा बस्ने कन्हैया राय यादवको विरुद्धमा उजुरी दर्ता भएको हो । झुठो विवरण पेस गरी भारतमा बस्ने यादवले २०७५ पुस १३ गते इलाका प्रशासन कार्यालय गरुडाबाट ०२३५८ नम्बरको नागरिकता लिएको र नागरिकता खारेजीको माग गर्दे उजुरी दिईएको हो । 

गढीमाई नगरपालिका वडा न ६ का वडा अध्यक्ष राम सिगासन राय यादवले २०७५ असोज २५ गतेका दिन वडा सदस्य महिन्द्रराय यादवलाई निमित्त दिएर बाबाधाम गएको वेलामा निमित्त वडा अध्यक्षले आर्थिक प्रलोभनमा परी भारतीय नागरिक कन्हैया राय यादवलाई आनन्दी देवीको छोरा बनाएर  नागरिकता दिलाउन सिफारिस गरेको उजुरीमा उल्लेख रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.