Websoft University

सामुदायिक विद्यालयका ३१ विद्यार्थी वक्तृत्वकलामा सहभागी भए


विराटनगर । रातो तारा डट कम,युवाहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन सक्रिय विराटनगरको हामी युवा नामक संस्थाको आयोजनामा मेरो भविष्य मेरो हातमा विषयक सामुदायिक विद्यालयस्तरीय वकितत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विराटनगर क्षेत्रका सामुदायिक विद्यालयका ३१ जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट पाँच जनाले पुरस्कार प्राप्त गरेका छन् । जसमा गायत्री संस्कृत माविकी सीमा पाथीभरा प्रजा प्रथम भइन । अन्य चारजना विजयीमा रीना काम जनपथ मावि,दिप तामाङ जनता नमूना मावि, कुमकुम मिश्र आदर्श बालिका मावि र सुरज मुर्मु आदर्श मावि छन ।

उत्कृष्टलाई नगद रु. २ हजार, अन्यलाई रु. १ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो । संस्थाकी अध्यक्ष जीना कार्कीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको निर्णायक पत्रकार कुमार लुइँटेल, बहिरा मावि विराटनगरकी प्रधानाध्यापक मिनु दाहाल र रेडियोकर्मी लिना थापा थिए ।

हामी युवाकी अध्यक्ष कार्कीले सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको प्रतिभा परीक्षणसंगै उनीहरुलाई अवसर प्रदान गर्न यस किसिमको प्रतियोगिता आयोजना गरिएको बताइन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.