Websoft University

उद्योग संगठन मोरंङले मोरंङमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका साथ आज भेटघाट तथा स्वागत गर्यो


बिराटनगर भाद्र ३० गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंङले मोरंङमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका साथ आज भेटघाट तथा स्वागत कार्यक्रम आयोजना गरेको थियोे  ।

स्वागत कार्यक्रममा मोरंगमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको स्वागत गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले उद्योग÷व्यवसायको समस्या समाधान, शान्ति सुुरक्षा कायम गर्न लगायतका कार्यमा संगठन जिल्ला प्रशासन कार्यालयसंग सहकार्य गर्न तयार रहेको वताउनुभयो । उहा“ले उद्योगी÷व्यवसायी लगायत जिल्लाको अविभावकका रुपमा प्रमुख जिल्ला अधिकारी रहनु भएकाले उद्योग संगठन मोरंग  सहकार्य र एकता गरेर अघि वढ्न ईच्छुक रहेको वताउनु भयो ।

अध्यक्ष घिमिरेल राजनीतिक र आर्थिक क्षेत्रको केन्द्रविन्दुको रुपमा रहेको मोरंगमा उद्योग÷व्यवसाय क्ष्ँेत्रको हक, हितका लागि सकृय उद्योग संगठन मोरंगले स्थानीय निकायसंग निरन्तर समन्वय गरेर अघि वढेको वताउदै जिल्लामा उद्योग÷व्यवसाय मैत्री वातावरण निर्माण गर्ने कार्यमा संगठनको सदैव सहयोग रहने वताउनु भयो ।

मोरंगमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्योगी÷व्यवसायीको समस्या वुझेर समाधानका लागि आफु सहयोग गर्न तयार रहेको बताउनु भयो । उहा“ले जिल्लामा लगानी आकर्षणका लागि सुमधुर औद्योगिक वातावरण आवश्यक हुने भएकाले उपयुक्त वातावरण निर्माणका लागि प्रशासनको सदैव तत्पर रहेको जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्रमुख जिल्ला अधिकारीको रुपमा कार्य गर्नु अवसर र चूनौति दुवै भएको भन्दै सबैको सहयोगका लागि अनुरोध गर्नु भयो । उहा“ले प्राकृतिक विपद आई परेको अवस्थामा   उद्योगी÷व्यवसायी लगायत सबैले हातेमालो गरेर अघि वढनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा उद्योग संगठन मोरंगका पूर्व अध्यक्ष्ँ सुशिल धनावत, अशोक मुरारका, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ सुयष प्याकुरेल, उपाध्यक्ष्ँ प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यकारिणी सदस्य सुरेन्द्र गोल्छा, सुवोध कोईराला, तारानाथ निरौला, ईन्द्र खत्री, प्रतिभा रिजाल ओली, सुनिल धनावत, विनोद पौडेल, विपिन कावरा, महिला उद्यम समिति सदस्यहरु लगायत उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.