Websoft University

१५ वर्ष मुनिको फुटबल च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा


काठमाण्डौ साउन २३ गते । रातो तारा डट कम,भारतमा आयोजना हुने साफ १५ वर्ष मुनिको फुटबल च्याम्पियनसिपका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ । भारतको कल्याणीमा हुने साफ १५ वर्ष मुनिको लागि नेपालले २३ सदस्यीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राज कुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले ५२ खेलाडीबाट नेपाली टोलीको घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरि पाँच राष्ट्रले राउण्ड रोबिनको आधारमा खेल्ने छ । लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । नेपालले पहिलो खेल भारतसँग अगष्ट २१ मा खेल्नेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.