Websoft University

देशभर मौसम बदली रहने छ भने आज वर्षाको सम्भावना बढी हुनेछ

   
काठमाण्डौ साउन २३ गते । रातो तारा डट कम, देशभर मौसम बदली रहने छ भने दिउँसो दिउसो तिर देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको
छ । 
राति देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी भू भागका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने जनाईको छ ।

हाल देशका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पूर्वी भू भागका थोरै स्थानहरुमा र पश्चिमको एक दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय रहेको महाशाखाले जनाएकोछ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा ९ब्हष्क या ःयलकययल त्चयगनज० औसत स्थान भन्दा केही दक्षिण तिर रहेको र  पूर्वी र मध्य नेपालमा एउटा म्भभउ म्भउचभककष्यल को असर पनि देखिएको छ । उक्त म्भभउ म्भउचभककष्यल, हाल उत्तरी ओडिसा तटीय नजिकै उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित छ । 

मनसुनको न्यून चापिय रेखाको औसत  स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.