Websoft University

उदयपुरको रौतामाई गाउपालिका–५को पोखरी बजार अन्यत्र सार्नै पर्ने भयो


(फायल फोटो)
श्याम राई-गाईघाट साउन २३ गते । रातो तारा डट कम, निरन्तर खसीरहेको पहिरोको कारण बस्ती जोखीममा पर्न गएपछि स्थानिय प्रशासनले उदयपुरको रौतामाई गाउपालिका–५ पोखरी बजार अन्यत्र सार्ने गरेको छ ।असारको अन्तीम साता भएको वर्षापछि पोखरी गाउ माथी डाडादेखी जान थालेको पहिरो अझै रोकीएको छैन । 

पहिरो जाने क्रम बढेपछि सींगै गाउ उच्च जोखीममा परेपछि प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का सहितको टोली मंगलबार प्रभावित क्षेत्र पुगेर वस्तु स्थीति बुझेर फर्केका छन् ।  गाउ, देखी माथीको डाडा पुरै खण्डै पहिरो झर्न थालेपछि गाउ बस्तीलाइ कुनै पनि खतरा पुग्न सक्ने झन्डै रौतामाई गाउपालिका का अध्यक्ष गजेन्द्र खड्काले स्थानिय प्रशासनलाई गुहारेका थिए । 

पोखरी मा ११ वटा पसल घर सहित दुई दर्जन घर परिवारको बसोबास रहेको छ र सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खुलेसँगै पोखरी ग्रामीण बजारको रुपमा परिणत हुदै आएको छ । बस्ती भन्दा माथीको अग्लो डाडा विष्फोट भएझै ठूलो आवाज गर्दै खस्न थालेको गाउपालिकाका अध्यक्ष खड्काले बताए । 

पहिरो सगै खसेको ठूला ठूला चट्टानले जोखीम निम्त्याउने र केही घरमा सामान्य क्षती समेत पु¥याएको उनले बताए ।  प्रमुख जिल्ला अधिकारी खड्काले पहिरोले निकै ठूलो क्षती पु¥याउने अवस्था सृजना भएकोले तत्काल बस्ती सार्नु पर्ने बताए । बस्तीलाई कहा सार्ने भन्ने बारे स्थानिय जनप्रतिनिधिसँग छलफल भैरहेको उनले बताए।  ुवस्ती सार्नु को कुनै विकल्प छैन स्थानीय तहका जनप्रतिनिधि मिलेर स्थानको खोजी गरीरहेका छौ ।ु प्र.जि.अ. खड्काले भने । 
बस्तीदेखी झन्डै ३ किलोमीटर अग्लो पहाड भत्कीएमा पहिरो सिधै बस्तीमा आएर पुरीने संभावना रहेको वडा अध्यक्ष पाण्डव राइले बताए ।  केही दिन अघि माथि डाडा बाट झरेको ठूला ठूला ढुङ्गा बिचमै अड्किएको र कुनेपनि बेला उतm पहाड झरेर बस्ती लाई ठूला क्षती पु¥याउन सक्ने वडा अध्यक्ष राइले बताए । 

वि.स. ९० सालको भुकम्पमा पहाड पूरै बगेर कोसि माथी बसेको समथर बनेको जग्गामा पोखरी गाउ बसेको स्थानिय बुढापाकाहरु बताउछन् । सिंगो बस्ती बसेको जमीन कुनै पनि बेला बग्न सक्ने त्यसको लागी विकल्प खोजेर बस्ती सुरक्षित स्थानमा सार्नु पर्ने स्थानिय होटल व्यवसायि गंगा राईले बताईन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.