Websoft University

उदयपुर सिमेन्ट उद्योगलाई झण्डै ५० करोड नोक्सानी भयो


श्याम राई-जलजले(उदयपुर)साउन २३ गते । 
रातो तारा डट कम,उद्योग व्यवस्थापनको लापरबाहीले मूलुकको सवैभन्दा ठूलो  औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगलाई झण्डै ५० करोड नोक्सानी भएको छ ।  उद्योगको हाइटेन्सन मोटर विग्रीएर समयमा मर्मत संभार नहुदा क्लिकर उत्पादन दूइ महिना वाड हुदा झण्डै ५० करोड रुपैया उद्योगलाई नोक्सानी भएको हो ।  

उद्योगबाट उत्पादित गैडा सिमेन्ट को बिक्री वितरण हुने पिक सीजनमा सिमेन्ट उत्पादन वाड हुदा अन्य व्रान्डका सिमेन्टले बजार लिन पुगेको उद्योग का अधिकृत विक्रेताहरु बताउछन् । सिमेन्ट बिक्री हुने पिक सिजन मै सधैँ उद्योग वाड ले अन्य व्राण्डका सिमेन्ट ठूलो  परिणममा भित्रने गर्छ । 

उद्योगका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने पिक सिजन सकीएपछि भने उद्योग तीव्र गतीमा संचालन हुने गरेको ती कर्मचारीले भन विगत वर्ष देखी अहिलेसम्मको  रेकर्ड हेर्दा  उदयपुर सिमेन्ट उद्योग पिक सीजनमा वाड हुने र अझ सिजनमा चल्ने  गरेको उदयपुर सिमेन्ट उद्योगका पूर्व कर्मचारी हिरा कुमार श्रेष्ठले बताए । ुवर्षेनी यस्तैहुने गरेको छ । यस विषयमा कतैबाट खोजिनिधि हुने गरेको छैन । आखीर  सिमेन्ट बढी विक्री (खपत) सीजनमा किन उदयपुर सिमेन्ट वाड हुने गर्छ रु ु उनले भने । 
सिमेन्ट बढी बिक्री हुने (पीक सिजन) चैत देखी साउन सम्म उद्योग विभिन्न कारण ले वाड भएको छ । उद्योग वाड हुदा लक्ष्य अनुरुप क्लिकर उन्पादन र सिमेन्ट विक्री नभएको उद्योगको तथ्याङ्क मा उल्लेख छ । निमित्त महाप्रवन्धक नवोल किशोर सहीतका व्यवस्थापन का कर्मचारीकाेि लापरवाही नै उद्योग राम्ररी चल नसक्नु प्रमुख कारण रहेको स्वयम् उद्योगका कर्मचारी हरु बताउछन् ।

उनी (साह) पहिले देखी उद्योगको हित लागेका व्यक्ती
होइनन्  । उनको नाम मारुती सिमेन्ट उद्योगसंग जोडीने गरेको छ ।  उद्योगका एक कर्मचारीले नाम उल्लेख नगरी दिने सर्तमा भने । अर्को नीजी सिमेन्ट कम्पनिसग नाम जोडीएको व्यक्तीले कसरी उद्योगको हितमा काम गर्छ रुु ती कर्मचारीले भने । 
उद्योगले विद्युत भोल्टेजको गडबढी बाट हायटेन्सन मोर्टर विग्रीएको दावी गरे  पनि विद्युत प्रधिकरण लहान ले भने विगत लामो समयदेखी विद्युत भोल्टेजमा कुनै गडवढी नभएको प्रष्ट गरेको छ । अहिलेसम्म हाइ,लो विद्युतको भोल्टेज भएको छैन प्राधिकरण लहानका प्रशासन प्रमुख देवी थुलुङग ले भने प्राधिकरणलाई लगाउने दोष मात्र हो । 

हामी दावाका साथ भन्छौँ विद्युत भोल्टेज प्रवाहमा कुनै गडवढी भएको छैन । अधिकृत राइले भने ।  हाइटुन्सन मोटरको लाइफ लाइन ग्यारेन्टी भएकोले ३०, ३५ वर्षको अवधिमा विग्रएको भन्ने कुरामा स्वष्म् उद्योगका कर्मचारीहरु बताउछन् । उक्त मोटर नविग्रीने भएकोले अहिले सम्म उद्योगले मोटर किनेर जगेडमा राखेको छैन । 

 मोटर नविग्रीने भएकै कारण कुनै पनि व्यवस्थापन समितीले अहिले उक्त मोटर कुनै पनि  व्यवस्थापन समितिले अहिले उक्त मोटर किनेको छैन पूर्व कर्मचारी श्रेष्ठले भने झण्डै ३ कारेडदेखि ५ करोड पर्ने उक्त मोटर नविग्रने ग्यारेन्टी निर्माण पक्ष घर कम्पनिले दिएको उनले बताए ।  उनले मोटर विग्रएको वा कसैको मिलिमत्तोमा विगारेको हो त्स बारेमा सम्बन्धित मंत्रालय बाट छाविन गरीनु पर्ने बताए ।  
मोटर मर्मत संभारमा ३० लाख खचृ विग्रीएको  हाइटेन्सन मोटर बनाउन निमीत्त महाप्रवन्धक ले अनावश्यक खर्च गरेको उद्यँेगका कर्मचारिहरु बताउछन्  विग्रएको मोटर बनाउन महाप्रवन्धक राहले नेपाली प्रविधिक टोली परिचालन गरेका थिए तर ति प्राविधिक टोलीले बनाउनुको सट्टा झनै  विगारेपछि उनीहरुलाई हटाएर भारतीय प्राविधिक लगाएर काम गर्न सम्बन्धित विभागले महाप्रवन्धक  साहलाई अनुरोध गरेकोमा त्यस लाई बेवस्था गर्दै उनले नेपाली प्राविधिक लगाउदा आर्थिक व्यवहार थपिएको कर्मचारी हरु बताउछन् र नेपाली कामदार लगाएर चाडै बनेको भए कुनै गुनासो हुने थिएन ।  

तर मोटर नबनी उद्योगको ५ लाख रुपैया अनावश्यक रुपमा खर्च हुन गयो । ु ती कर्मचारीले भने ,  २ महिनापछि झण्डै ३० लाख खर्च गरेर बुटवल बाट उक्त मोटर बनाएर मंगलबार उद्योगमा ल्याइएको छ । मोटर बनाउन भारतीय प्राविधिक लाई उक्त रकम भुक्तानी गरेको शाहले बताए । मोटर बनाउन जान आउन विभिन्न होटलमा बास र खाना गरी झन्डै ५ लाख रुपैया उद्योगको थप खर्च भएको छ । 
उद्योग मंत्रालयले उदयपुर सिमेन्टमा अझै महाप्रवन्धक नियुक्ती नगर्दा निमीत्त भएर बसेका कर्मचारीबाट आर्थिक अनियमितता हुने गरेको स्वयम् कर्मचारी हरुले बताउने गरेका छन् ।  उद्योग मंत्रालयले खुल्ला विज्ञापन मार्फत महाप्रवन्धक भर्ना प्रकृया अघि बढाएर केही व्यक्तीको सर्टलिस्टमा नामावली प्रकाशीत गरको झण्डै ५ महिना भैसक्दापनि उद्योगमा अझै नया महाप्रबन्धक नियुक्ती गर्न सकेको छैन उद्योग मंत्री मातृका यादवले महाप्रवन्धक नियुक्तीमा आकशीसग पैसा वार्गेलिङ गरेकै कारण नियूक्तीमा ढिलाई हुन गएको उद्योग मंत्रालय सम्बन्ध स्रोतले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.