Websoft University

सुन्दरहरैचामा श्री कृष्णको रथयात्रा सम्पन्न


शिव भट्टराई, मोरङ भाद्र ७ गते । रातो तारा डट कम,श्रीकृष्ण जन्माष्ठमीको भोेली पल्ट अर्थात श्रीकृष्ण रथयात्रा गर्ने दिन पुर्वी नेपालका विभिन्न ठाउँहरुमा श्रीकृष्णको रथयात्रा शनिवार भव्य रुपमा सम्पन्न गरिएको छ।

हरेक वर्ष झै यस वर्ष पनि विराटचोक  को श्री कृष्ण प्रणामी मन्दिर, इटहरीको राधा कृष्ण मन्दिर, सुन्दरहरैचामा रहेको नयाँ वृन्दावन गौशला,शेष नारायण दिव्यधामबाट श्रीकृष्णको रथयात्रा निकालिएको थियो।

श्री कृष्ण जन्माअष्टमीको सुभ अवसरमा श्री कृष्ण प्रणामी मन्दिरबाट निकालिएको रथ यात्रा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित, प्रदेश नं १ का सांसद लोक प्रसाद संग्रौला,राज कुमार ओझा त्यसैगरी सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालद्वारा उद्घाटन गरिएको थियो।

रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै भक्तजनहरुलाई गर्मी छल्न  दमकलबाट पानीको फोहोरा फ्यालदै , पैसा,चकलेटको वर्षा गराउँदै भव्यतापूर्वक रथयात्रा सम्पन्न गरिएको थियो।

सुन्दरहरैचामा निकालिएको रथयात्रामा सुन्दरहरैचाकी उपमेयर धना तामाङ ,वार्ड नं.३ का वार्ड अध्यक्ष जीवन ढुंगाना,वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ, वार्ड नं ५ का वार्ड अध्यक्ष राम रिजाल, वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य सिटौला लगायत जनप्रतिनिधि,सुरक्षाकर्मीहरु,त्यसैगरी ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.