Websoft University

अब बिकासले फड्को मार्ने ः पर्यटनमन्त्री भट्टराई


बिराटनगर भाद्र ८ गते । रातो तारा डट कम,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अब बिकास र समृद्धिले फड्को मार्ने बताएका छन् । सदरमुकाम फिदिममा आज तेस्रो जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले बिकासले थप गति लिने बताउनुभएको हो । गत बर्ष संविधान कार्यान्वयनको गर्ने आधार बर्ष भएकाले त्यतातिर बढी ध्यान केन्द्रीत गर्नु परेको र यस बर्ष सबै ध्यान बिकास निर्माणमा केन्द्रीत गरिने बताउनुभयो । समृद्धिको यात्रामा सबै सामेल भएर अघि बढ्नुपर्ने मन्त्री भट्टराईको भनाई थियो । त्यस्तै पूर्वी नेपाल सम्भावनाले युक्त ठाउँ भएकाले पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने उहाँले बताउनुभयो । चिन र भारतसँग सिमा जोडिएको पूर्वी नेपाल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको भन्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्थानीय तहहरुसँग समन्वय गरी अघि बढिने मन्त्री भट्टराईको भनाई थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.