Websoft University

उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । उपाध्यक्ष सिफारिस समितिले प्रा.डा सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको हो । 

उहाँहरुको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो वरियतामा सिफारिस गरिएको हो । आयोगको उपाध्यक्षका लागि ११ जनाले दरखास्त दिएका थिए । जसमध्ये २ जनाको नाम समितिले रद्द गरेको थियो । बाँकी रहेका ९ जना मध्ये ३ जनाको नाम प्रधानमन्त्री तथा आयोगका अध्यक्षलाई सिफारिस गरिएको हो । 

तीनै मध्येबाट एक जनालाई उपाध्यक्ष नियुक्त गर्नुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा उल्लेख छ । लोकसेवाकै पद्धतिमा छनौट हुने उपाध्यक्षको छनौट हुने गर्छ । आयोगले पूर्णता नपाउँदा चिकित्सा शिक्षासम्बन्धी एकीकृत प्रवेश परीक्षा, शिक्षण संस्थाको नियमन, अनुगमन र व्यवस्थापन, शुल्क निर्धारण लगायतका काम प्रभावित बनेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.