Websoft University

नेपाल टेलिकम पर्वत शाखाले आफनो क्षमता बृद्घि गर्दै,


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,नेपाल टेलिकम पर्वतले क्षमता विस्तार गर्न थालेको छ । टेलिकमले अहिले ईण्टरनेटमा सेवाग्राहीले उपभोग गरिरहेको क्षमता तेब्बर बनाउन थालिएको हो । टेलिकमले फाइवर टु दि होम सेवा सुरु गर्न थालेको हो । 

त्यसका लागि पूर्वाधार निर्माणको काम धमाधम भैरहेको टेलिकम प्रमुख केशव भुसालले जानकारी दिनुभयो । कुश्मा बजार ,गोदाम र ज्ञादीको साईकल चोक क्षेत्रमा सर्भे भई अप्टिकल फाईबर विच्छाउन थालिएको छ । हालको ‘कपर’ नेटवर्क भन्दा अप्टिकलबाट भ्वाइस र डाटा अत्यन्तै राम्रो र भरपर्दो हुन्छ । 

अहिले एडिएसएलवाट वढिमा ५ एम.बि. इन्टरनेट चलाउनु मिलेको छ । फाइवर टु द होम सेवा सुरु हुँदा नेपाल टेलिकमको इन्टरनेट क्षमता एक सय एम.बि सम्मको द्रुत गतिको हुने जनाईएको छ । कुश्मा बजारका पाँच ठाउँमा यो सेवा बिस्तार गर्न अहिले ५ ठाउँमा फाइबर बितरण क्याबिनेट बेस निर्माण भइसकेको छ ।

 यो प्रबिधीले तामाको नेटवर्क पुर्ण बिस्थापित हुने टेलिकम पर्वतले जनाएको छ । पर्वतका सबै स्थानमा थ्री जि इण्टरनेट सेवा विस्तार भैसकेको छ । नेपाल टेलिकमले सबै स्थानीय तहमा ल्याण्डलाईन टेलीफोन सेवा विस्तार गर्ने योजना समेत रहेको जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.