Websoft University

एनसेलको कर विवाद भदौ ५ मा सारियो



काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम, सर्वोच्च अदालतले एनसेलको कर विवादको मुद्घा भदौ ५ गते निर्णय सुनाउने भएको छ । साउन ३० गते सुनाउने भनिएको निर्णय ८ दिनपछि अर्को विहीबारलाई सुनाउने सर्वोच्चमन सञ्चार विज्ञ किशोर पौडेलले बताउनुभयो । 

एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ । ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो ।

 त्यसविरुद्ध एनसेल रीट लिएर सर्वोच्च गएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.