Websoft University

पाथीभरा गोल्डकपःईलामको विजयी सुरुवात


बिराटनगर साउन ३० गते । रातो तारा डट कम,ताप्लेजुङमा विहिवारदेखि सुरु चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब ईलाम बिजयी भएको छ ।

 घरेलु टिम पोमु केछाङ स्र्पोटिङ क्लब ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै ईलाम बिजयी भएको हो । इलामले खेलको सुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफको ८ औँ मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो ।

यस्तै खेलको १७ औँ र २६ औँ मिनेटमा फोफोनाले लगातार २ गोल गरे । दोश्रो हाफमा दुवै टिमले गोल गर्न सकेन् ।  ताप्लेजुङले जित हासिल गर्ने लक्षका साथ तीन जना विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो ।

आइभेरी कोष्टका याओ कोवासी,सायरा डाई र एलेक्स इक्वेल थिए । ईलामले पनि २ जना विदेशी खेलाडीलाई समावेश गरेको थियो । आजको म्यान अफ दि म्याच रेडहर्ष ईलामका जर्सि नम्बर ७ का फोफोना घोषित भएकाछन् ।

यसैबीच शुत्रवार हुने खेलमा ताप्लेजुङ ११ ९आयोजक० र बेलबारी फुटबल क्लब मोरङबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने छ । (सामाजिक सन्जालबाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.