Websoft University

विराटनगरमा साउन ३२ गते समिवार गाई जात्रा कार्यक्रम हुने


बिराटनगर साउन ३० गते । रातो तारा डट कम,बिराटनगर जेसिजको निम्नत्रणामा राष्ट्रिय ख्याति प्राप्त कलाकार मनोज गजुरेल, लगाएत थुप्रै कलाकारहरुबाट साउन ३२ गते सनिवार दिनको ४ बजे स्थानिय सभागृहमा हास्य व्याङग्य कार्यक्रम गाई जात्रा यहाँ पहिलो पटक प्रदर्शन हुने भएकोछ ।

आयोजक संस्था जेसिजले आज बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर यो पहिलो पटक काठमाण्डौं बाहिर प्रदेश राजधानीमा गर्न लागिएको र गाई जात्रा कार्यक्रम बिराटनगरबाट सुरु भई धनगढी, बुटवल, सम्म पुग्ने जानकारी गराइएको थियो ।

आयोजकले दिएको जानकारी अनुसार टिकट दर १५००, १०००, र ५००,राखिएको छ भने भिआइपी पासहरुको व्यवस्था भएको जानकारी गराउनु भएको थियो ।

महानगरपालिका बिराटनगर,रमपम,सेन्चुरी मसला,सेन्टरमहल,लगाएतका संस्थाहरुले आर्थिक सहयोग गर्ने भएकाछन भने कार्यक्रममा करिव रु ४ लाख खर्च हुने बताइएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.