Websoft University

मानव अधिकार र पत्रकारिता बिषयक एक दिने तालिम सम्पन्न


बिराटनगर साउन ३१ गते । रातो तारा डट कम,राष्ट्रिय मानव अधिकार आयोग काठमाण्डौं र नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको मानव अधिकार र पत्रकारिता बिषयक एक दिने तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्वर १ का निर्देशक मोहन देव जोशी, आजको पत्रकारिता मानव अधिकार मैत्री हुनु पर्नेमा जोड दिनुहुदै, बिभिन्न संघ सस्थाहरुबाट कार्यक्रममा सहभागी हुन आउनु हुने प्रतिनिधि, सम्पादक, पत्रकार, लगाएत सबैलाई स्वागत गर्नु भयो ।

कार्यक्रममा सबै जाति जन जाति समावेशी हुने गरी सहभागी गराइएको थियो । मानव अधिकार र पत्रकारिता बिषयक एक दिने तालिम कार्यक्रममा मानव अधिकार र पत्रकारीताको क्षेत्रमा काम गर्ने सन्चारकर्मी हरुले अव आफनो आचारसंहिताको ख्याल गरेर सकारात्मक भवले पहिला,े दोस्रो आँखाले मात्र होइन, अव तेस्रो आँखा पनि प्रयोग गरेर समाचार सकारात्मक भएर लेखिनु पर्नेमा जोड दिर्दै,उधारण सहित सहभागीहरुलाई प्रशिक्षण गराईएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यलयका महानिर्देशक डा, टिकाराम पोखरेल, र उप निर्देशक श्याम बहादुर काफले द्वोय ले आजको मानव अधिकार संग जोडिएर गरीने मानव अधिकार पत्रकारिताको बारेमा बिभिन्न उधारणहरु सहितको प्रशिक्षण सहभागीहरुलाई दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्वर १ का निर्देशक मोहन देव जोशी, र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल समेतले आफना कुरा राख्नु हुदै, आचारसहिता मानव अधिकार र पत्रकारिताको बारेमा उक्त एक दिने तालिमा सहभागीहरुलाई प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी ५० जनालाई अन्त्यमा डा, टिकाराम पोखरेल, र बन्धु पोखरेलले बधाई दिनु हुदै,सबैलाई प्रमाण पत्र बितरण गर्नु हुदै, कार्यक्रम समापन गर्नु भएको थियो । 
कार्यक्रम गिता कुमारी दाहालले सन्चालन गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.