Websoft University

स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो



काठमाण्डौ साउन २० गते । रातो तारा डट कम,आजभन्दा १ सय २५ वर्षअघि स्थापित प्युठान जिल्लामा स्वर्गद्वारी आश्रमको धार्मिक, सांस्कृतिक महत्व जति छ र यसको जेजस्तो चर्चा छ अहिले सो आश्रमले चर्चेको जग्गाका विषयमा चर्चा र विवाद सिर्जना भैरहेको छ । आश्रमले गरीब किसानको जग्गा जवर्जस्ती हडपेको भन्दै भूमाफियाहरु अहिले सल्बलाइरहेका छन् ।



पछिल्लो समय सरकारले गुठी विधेयक ल्याएपछि मन्दिर, आश्रम जस्ता स्थलको जग्गाका विषयमा पनि विवाद निस्किएको र यसको व्यापक बिरोध भएपछि सरकारले विधेयक त फिताृ लियो तर स्वर्गद्वारी जस्ता आश्रमको जग्गामा आँखा गाड्नेहरु भने बढ्दैछ ।


हिजो निर्जन ठानिएको स्थान आज शहरीकरण भएको छ र त्यहाँको जग्गाको मूल्य आकाशिंदै गएपछि भूमाफियाहरु सल्बलाइरहेका बेला आश्रमका तर्फबाट बिहिबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी आश्रम र आश्रमको जग्गाका विषयमा जानकारी दिइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.