Websoft University

शताब्दी पुरुष जोशीलाई अभिनन्दन


काठमाडौं साउन २० गते । रोटरी क्लव ललितपुर मिडटाउनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो ।

सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका थिए । उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी भएका डा. जोशीलाई क्लवका पेप्सिडेन्ट रमेशसिंह प्रधानले सम्मान प्रदान गरेका थिए ।

पेप्सिडेन्ट प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा बरिष्ठ नाट्यकर्मी प्रचण्डमान श्रेष्ठले शताब्दी पुरुष जोशीको व्यक्तित्वबारे चर्चा गरेका थिए । श्रेष्ठले भने, ।।।शताब्दी पुरुष जोशीको योगदानलाई सम्मान गर्दै अंगिकार गर्न आवश्यक छ ।’

दीप प्रज्वलन तथा नेवारी संस्कृति अनुसार पुजाआजा गरेर शुभारम्भ गरिएको कार्यक्रममा उपस्थिति पाहुनालाई नात्येश्वर मूतिको मायाको चिनो प्रदान गरिएको कार्यक्रममा संयोजक सुरबहादुर श्रेष्ठले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.