Websoft University

इटहरीमा प्रदेस नं. १ स्तरीय मिसेस तिजको अडिसन सम्पन्न


शिव भट्टराई,मोरङइटहरी-द विहानी डान्स सेन्टर इटहरीको आयोजनामा इटहरीमा प्रदेस नं. १ स्तरीय  मिसेस तिजको अडिसन सम्पन्न भएको छ  । द विहानी डान्स सेन्टरले विगतमा पनि यस्तो प्रकारको कार्यक्रमहरु गर्र्दै आएकोमा यो  वर्ष भने दमक, झापा,धरान लगायत विभिन्न ठाँउका २५जना सहभागीहरुले अडिसन दिएका छन् ।

अडिसनमा सहभागीहरुलाई रेम्स वर्क,कुकरी,पब्लीक स्पीकीङ,ब्युटि टिप्स,रिफ्रेसमेन्ट टुर,फोटोसुट,अकुवा जुम्वा,हेल्थ टिप्स,रक्तदान,लगायतको विषयमा तालिम दिइने  आयोजकले जानकारी गराएको छ ।

यो पटक भएको अडिसनमा ब्यावसायी सुनिल भुसाल,नृत्य निर्देसक इस्वरी सिग्देल,मिसेस तिज २०७५ की विजेता रोषनी गुरुङ,मिसेस स्टेट निरा गुरुङले जज गरीरहेका छन् ।हिन्दु नारीहरुको महान चाड हरीतालिका तीजको अवसरमा गरीने यस्तो प्रकारको कार्यक्रमले महिलाहरुमा भएको क्षमता अभिवृद्धि गर्ने उदेस्यले यस्तो मिसेस तिजको आयोजना गर्न लागीएको कार्यक्रम संयोजक प्रनिसा उदासले वताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.