Websoft University

सुत्केरी महिलाको लागि भाले र घ्यु उपलब्ध हुँदै-सुत्केरी हुने खुसीले गदगद,


श्याम राई-गाइघाट साउन २० गते । रातो तारा डट कम,कटारी नगरपालिका वडा नं ८ का सुत्केरी महिलाको लागि भाले र घ्यु उपलब्ध हुन थालेको छ । वडा भित्रका महिला सुत्केरीको लागि एउटा भाले र एक करुुवा घ्यू वडा कार्यालयले वितरण गर्न थालेको छ ।

वडामा बसोबास गर्ने महिला सुत्केरी भएमा वडा अध्यक्ष कमल कुमार श्रेष्ठले आफै सुत्केरीको घरमा पुगी कुखुराको भाले र घ्यु दिने गरेका छन् ।  सुत्केरीको लागि ती सामग्रीको अलवा स्वास्थ्यकर्मी टोली पुगेर बच्चा र सुत्केरीको स्वास्थ्य जाच समेत गरीएको छ । वडाले साउनको पहिलो साता देखी यस्तो कार्यक्रम शुरु गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

दश जना भन्दा बढी सुत्केरीलाई भाले र घ्यूको वितरण गरी सकेका छौ उनले भने । वडा मा सुत्केरी भएको जानकारी पाउन साथ म आफै स्वास्थ्य कर्मीको टोली सहित पुग्ने गरेको छु ।  उनले भने । नगर परिषदको १ बजेटमा नै वडा नं १० ले पोषण कार्यक्रम अन्तर्गत  यस्तो कार्यक्रम राखेको हो ।

सुत्केरी अवस्थामा महिलालाई वढी आमामा पोषिलो खालेकुराको आवश्यकता पर्ने भएकाले मैले यो कार्यक्रम राखेको छु । उनले भने । यो कार्यक्रबाट सुत्केरी महिला लाभान्वीत हुन पुगेका उनले बताए । ३ दिनकी सुत्केरी नन्द कुमारी मगर ले भाले र घ्यू पाएपछि आफू दङ्ग परेकोबताइन् । मैले यस्तो कहिल्यै सोचेको थिइन । तर वडा ले भाले र घ्यू वितरण गरे पछि तीन छक्क परेको उनले बताइन् ।

सुत्केरीको घरमा पुगेर स्वास्थ्यकर्मी टोली बच्चा र आमाको स्वास्थ्य जाच समेत गर्ने गरेको छ । वडा अध्यक्ष श्रेष्ठले सुत्केरी र बच्चाको स्वास्थ्यको ख्याल राख्दै यस्तो कार्यक्रम शुरु गरीएको बताए । कार्यक्रम प्रभावकारी बनेको ले यस्ले निरन्तरता पाउने उनले बताए । वडाले पोषण कार्यक्रमको लागि गत वर्ष ५० हजार रुपैया छुट्टाएको  थियो ।

अव पोषण कार्यक्रमको लागि बजेट वृद्धि गरीने उनले बताए । वडा नं १० मा गरीएको यस्तो कार्यक्रमको सबै स्थानिय बासीन्दाले सराहना गरेका छन् । वास्तवमा निकै राम्रो कार्यक्रम गरीएको छ ।

सुत्केरी अवस्थामा पोषिलो खानेकुरा नपाएमा बच्चा कुपोषित हुने र आमाको स्वास्थ्य अवस्था कमजोर हुने भएकाले वडाले राम्रो कार्यक्रम शुरु गरेको समाजसेवी काजीमान तामाङ्गले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.