Websoft University

स्याउमा खेतीलाई सरकारले ५० प्रतिशतसम्म अनुदान दिने


काठमाण्डौ साउन २२ गते । रातो तारा डट कम,देशलाई स्याउमा आत्मनिर्भर बनाउनका लागि सरकारले ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । सरकारले आर्थिक वर्ष २०७९÷०८० सम्ममा ४० हजार मेट्रिक टन स्याउ उत्पादन बढाउने उद्देश्यका साथ यसै वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको राष्ट्रिय फलफूल विकास केन्द्रले जनाएको हो । स्याउ उत्पादन बढाउन क्षेत्रफल बढाउनुका साथै कालिकोट र मुस्ताङका लागि यो वर्ष कार्यक्रम अघि बढाइएको केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यले सीआईएनलाई जानकारी दिनुुभयो । यसैगरी, स्याउ प्याकेजिङ्गको लागि कार्टुन वितरण, थोपा सिंचाई नमूना प्रदर्शन कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँले बताउनुभयो । हिमाली जिल्लासँगै पहाडका जिल्लामा पनि स्याउ उत्पादन गर्न सकिने देखिएको विज्ञले बताएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.