Websoft University

अध्ययन विदामा कर्मचारीलाई सरकारले अव कडाई गर्ने


काठमाण्डौ साउन २२ गते । रातो तारा डट कम,सरकारले निजामती कर्मचारीलाई दिइने अध्ययन विदामा कडाई गर्ने भएको छ । अध्ययन विदा लिएर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको भन्दै सरकारले कडाई गर्न थालेको जनाएकोछ । अब उचित कारण नदेखाइ कर्मचारीहरुलाई अध्ययन विदा नदिने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिने बताउनुभयो । अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि उहाँले स्मरण गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.