Websoft University

१ अर्ब ६० करोड अमेरिकी डलर बराबरको रकम उतरकोरियाले चोरी गरेको आरोप लाग्यो



बिराटनगर साउन २२ गते । रातो तारा डट कम,संयुक्त राष्ट्रसंघले दिएको जानकारी अनुसार उत्तर कोरियाले साइबर आक्रमण गरी एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको आरोप लगाएको छ । 

चुहावट भएको राष्ट्रसंघीय एक दस्तावेज अनुसार उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउने उदेश्यले साइबर आक्रमणको सहारा लिएको उल्लेख छ ।

गोप्य भनिएको प्रतिवेदनमा उत्तर कोरियाले रकम चोरीका लागि बैंक तथा मुद्रा सटही केन्द्रलाई निशाना बनाएर साइबर आक्रमण गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रसंघले साइबर आक्रमणका ३५ घटनाको छानबिन गरिरहेको बिबिसीले आफनो समचारमा उल्लेख गरेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.