Websoft University

थुनुवा भेट्न आएका ब्यक्ति लागु औषध सहित पक्राउ


झापा, श्रावण २२ गते । झापाको ईलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवा भेट्न आएका एक ब्यक्तिलाई प्रहरीले लागूऔषध र ब्लेड सहित पक्राउ गरेको छ । मंगलवार राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका जबरजस्ति करणी मुद्धाका थनुवालाई भेट्न आएका बिर्तामोड नगरपालिका-१ बस्ने २४ बर्षीय बिशाल शाक्यलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १ थान ब्लेड, ०.१७ मिलिग्राम ब्राउन सुगर र ०.६९ मिलिग्राम गाँजा फेला परेको थियो । लागुऔषध सहित पक्राउ परेका शाक्यलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.