Websoft University

उप–मेयर राउतले गाडी किन्न छुट्टाएको पैसाले एम्बुलेन्स खरिद गर्ने


श्याम राई उदयपुर गाईघाट, भदौ ८ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिकाकी उप–मेयर भिम कुमारी राउतले आफनो सुविधाको लागि गाडी किन्न छुट्टाएको पैसाले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेकी छिन् ।
उप–मेयर राउतले जनताको करबाट आफनो सुविधाको लागि गाडी किन्ने निर्णय भएको भएपनि उनले गाडी सुविधा नलिने बरु जनताको लागि एम्बुलेन्स खरिद गरिदिने आईतबार घोषणा गरेकी हुन् ।

उपमेयरको लागि गाडी सुविधाको लागि नगरपालिकाले ४० लाख रुपैया छुट्टाएको छ । तर उनले जनताको करले कुनै हालतमा दुरुपयोग नगर्ने भन्दै विलासी गाडी नचढ्ने घोषणा गरेका छन् ।

नगरपालिकाले उप–मेयरले गरेको प्रतिबद्धतापछि एम्बुलेन्स खरिद गर्ने प्रकृया शुरु गरेको कटारी नगरपालिका प्रवत्ता कृष्ण राज दनुवारले बताए । नगरपालिकाले खरिद गर्न लागेको एम्बुलेन्स कटारी अस्पतालको मातहतमा राख्ने निर्णय समेत गरिएको उनले बताए ।

एम्बुलेन्स खरिद गरेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निशुल्क घर सम्म पु¥याउन व्यवस्था गरिने उनले बताए । उप–मेयर राउतले जनताको पैसाबाट जनता कै लागि काम गर्ने लागिएको बताए ।‘ मैले गाडी चढेर जनताले के फाईदा पाउछ ।’ उनले
भनिन्,‘ त्यसैले सबैको लागि फाईदा हुने काम गर्न लागेको हु ।’

उनले एम्बुलेन्स खरिदपछि बाकी रहेको पैसाले बेतिनी क्षेत्रमा अधुरो रहेको पर्यटन भवन पूरा गर्नमा खर्चने बताईन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.