Websoft University

सरुवा भई आउनु भएका नेपाल र शशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक र प्रशासनका प्रमुखहरु सगको छफल कार्यक्रम सम्पन्न



काठमाण्डौ भाद्र ९ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङको आयोजनामा प्रदेश नं. एकमा सरुवा भई आउनु भएका नेपाल र शशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत मोरंङ जिल्लामा सरुवा भई आउनु भएका प्रहरी प्रशासनका प्रमुखहरुका साथ स्वागत तथा छलफल कार्यक्रम आज मिति २०७६ भाद्र ८ गते, आइतवार सम्पन्न भएको छ । स्वागत तथा छलफलमा संगठनका अध्यक्ष भीम घिमिरेले उद्योगी÷व्यवसायी लगायतmआम सर्वसाधारणले शान्ती सुरक्षाको अनुभुती गरी आफ्नो उद्योग÷व्यवसाय निर्धक्कका साथ संचालन गर्ने वातावरण प्रत्याभुत हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाले गैर कानुनी कृयाकलापले आर्थिक वातावरण धुमील हुने भएकाले अवाञ्छित गतिविधिलाई पुर्ण रुपमा अंकुश लगाउन सुरक्षा निकायका प्रमुखहरुसंग अनुरोध गर्नुभयो । उहाले लगानी मैत्री वातावरण निमार्ण गर्न र लगानी गर्न इच्छुक व्यक्तिले त्यस क्षेत्रको शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्ने हुदा सर्वप्रथम शान्ति सुरक्षालाई सवल र सुदृढ वनाउनु पर्ने विचार राख्नु भयो । संगठनका पुर्व अध्यक्ष्ँ सुशिल धनावतले शान्ति सुरक्षँ पुर्ण प्रत्याभुत जहा हुन्छ त्यहा नै आर्थिक विकासको गति लिने वनाउदै शान्ति सुरक्षाको प्रत्याभुति हुनु पर्नेमा जोड दिनु भयो ।

उपाध्यक्ष प्रदिप मुरारकाले विभिन्न वहानामा राष्ट्रिय तथा सहायक राजमार्गमा गैर कानुनी कर संलग्न गर्ने कार्य भईरहेकाले त्यस्ता कृयाकलापलाई अविलम्व बन्द गराउन प्रदेश प्रहरी प्रमुख समक्ष अनुरोध गर्नु भयो । उपाध्यक्ष्ँ राजकुमार गोल्छा र राकेश सुरानाले शान्ति सुरक्षाका सवालमा सुरक्षा निकायलाई सहयोग पु¥याउन संगठन सदैव तत्पर रहेको वताउदै आम सर्वसाधारणले अनुभव गर्न पाउने गरी सुरक्षा व्यवस्था कायम गर्न अनुरोध गर्नु भयो ।

नेपाल प्रहरी पदेश नं. एकका प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञावलीले आर्थिक विकासको अभिन्न अंगका रुपमा रहेका उद्योगी÷व्यवसायीले शान्ति सुरक्षाको सम्वन्धमा उठाएको विषयमा आफु गम्भीर रहेको वताउनु भयो । उहाले कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगी÷व्यवसायी प्रीडित हुनु नपर्ने स्पष्ट पार्दै गैर कानुनी कृयाकलाप रोक्न उद्योगी÷व्यवसायी लगायत सवैको सहयोग नेपाल प्रहरी आवश्यक हुने वताउनु भयो ।

प्रहरी नायव महानिरीक्षक ज्ञावलीले सुर्य प्रदेश नं.एकवाट उदाउने भएकाले यस प्रदेशको प्रतिष्ठा उच्च वनाई राख्न आफु र आफु मातहत रहेको प्रहरीको पूर्ण सक्रियता रहने विश्वास दिलाउनु भयो । शशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापाले शान्ति सुरक्षाका साथै सिमाको निगरानीमा आफुहरु कटिवद्ध रहेकाले कुनै समस्या आएमा समाधानका लागी शशस्त्र प्रहरी सदैव तयार रहेको वताउनु भयो ।

कार्यक्रममा अस्तव्यस्त ट्राफिक अवस्था, अनियन्त्रीत पार्कि¨, दैनिक हुने लुटपाट र चोरीका घटनालाई नियन्त्रण गर्न सोही अनुरुप योजना बनाई आगामी दिनमा अघि बढ्ने मोरंगका प्रहरी उपरिक्षक विश्व अधिकारी र प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरिक्षक भीम दाहालले जानकारी गराउनु भयो ।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक पुरुषोत्तम कडेल, मोरंगका प्रहरी उपरीक्षक विश्व अधिकारी, सुनसरीका प्रहरी उपरिक्ष्ँक यज्ञविनोद पोखरेल, मोरंगका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, विराटनगर महानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत
एकदेव अधिकारी, शशस्त्र प्रहरी मोरंगका प्रहरी उपरिक्षक नेत्र वहादुर कार्की, प्रदेश
ट्राफिक प्रहरी उपरीक्षक भीम दाहालको उपस्थीति रहेको थियो ।

उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा
पूर्व अध्यक्ष्ँ नन्द किशोर राठी, सुुशिल धनावत, उपाध्यक्ष्ँ प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, कोषाध्यक्ष्ँ नन्द किशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, विपिन कावरा, संजय अग्रवाल, महिला उद्यम समिति सदस्यहरु, पर्यटन व्यवसायी लगायत उद्योगी÷व्यवसायीको उपस्थिती रहेको कुरा प्रेस बिज्ञप्ति मार्फतजानकारी गराइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.