Websoft University

सवारी दुर्घटना १ को मृत्यु


मोरङ, असार ९ गते । रातो तारा डट कम,मोरङको बुढिगंगा गाउँपालिका-१ मा ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख १९०५ नम्बरको ट्याङकरले बिपरीत दिशातर्फ जाँदै गरेको को ३६ प ३०५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक ईटहरी उप-महानगरपालिका-४ बस्ने २८ बर्षीय संजिव पौडेल गम्भीर घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि बिराट मेडिकल कलेज पठाएकोमा उपचारकै क्रममा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने मोटरसाईकल, ट्याङकर र चालक समेत ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा राखिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.