Websoft University

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


झापा, असार १० गते ।  रातो तारा डट कम,
झापाको शिवसताक्षी नगरपालिका-१० माईधारमा सोमवार बिहान मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका-१ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएकी थिईन । 

घाईतेलाई तत्काल उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाईकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.