Websoft University

सामुदायिक बनमा आगलागि



काठमाण्डौ जेष्ठ १८ गते । रातो तारा डट कम,गर्मी बढेसँगै पाल्पाका निजि तथा सामुदायिक बनहरुमा दैनिक जस्तो आगलागीका घटना हुने गरेका छन् । प्रत्येक वर्ष आगलागीका घटना भइरहँदा पनि आगलागी नियन्त्रण र विपद् व्यवस्थापनका लागि पर्याप्त सामाग्री नहुँदा भने समस्या खेप्नु पर्ने बाध्यता रहेको छ । दैनिक जसो पाल्पा आसपासका बनहरु तानसेनको वनदेवी, होलाङदी रिब्दीकोट गाउँपालिका को पालुङमैनादी रैनादवी छहराका सोमादी तान्सिङ लगाएतका बन क्षेत्रमा आगलागीको क्रम दोहोरिरहन्छ । तर तानसेन नगरपालिकाको दमकलमा १० मिनेटमै पानी सकिने समस्या भए पनि यसको सावधान तिर नगरपालिका लागेको पाईदैन । जब आगो लागेको खबर पुग्छ, तब सुरक्षाकर्मी फायर जेट, हातमा झारी र घाँसको स्याउला लिएर निस्कने गरेको छ । विगतमा जिल्ला विपद् व्यवस्थापन समिति र अहिले स्थानीय तहमा समिति गठन भएको छ ।  १० स्थानीय तहमध्ये रिब्दीकोट गाउँपालिका बाहेक ९ वटा स्थानीय तहले अहिलेसम्म कुनैपनि विपद्का सामाग्री खरिद गरेका छैनन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.